आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुबा पक्राउ

वीरगञ्ज :जिल्ला अदालत पर्साले आफ्नो छोरीलाई करणी गरेर भिडियो बनाउने अभियुक्त बुबालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ। 

न्यायाधीश प्रमेश पोखरेलको एकल इजलासले अभियुक्त बाबुलाई बुधवार हाडनाता, जबर्जस्ती करणी र विद्युतीय कारोबार ऐन कसुरमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।  अदालतका सूचना अधिकारी रामनरेश महतोले अभियुक्त बुबालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरिएको जानकारी दिए।

Galaxy

इन्टरनेटको प्रयोग गरी ‘गुगल ड्राइभ’मा ‘चाइल्ड सेक्युएल एबुज मेटेरिएल्स’ राखेको जानकारी साइबर ब्यूरो काठमाडौँ भोटाहिटीमा प्राप्त कागजातका आधारमा अभियुक्तलाई गत चैत २२ गते वीरगञ्जबाट पक्राउ गरिएको थियो। जिल्ला प्रहरी र साइबर ब्यूरोको संयुक्त टोलीले छोरीलाई बलात्कार गरेको अभियोगमा पर्साका ३४ वर्षीय बुबालाई पक्राउ गरेको हो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार