धनगढी : धनगढीका एक युवक श्रीमती र छोरीहरुलाई अलपत्र पारेर अर्कै युवतीलाई लगेर फरार भएका छन् ।
धनगढी उपमहानगरपालिका–१२ जुगेडा ए गाउँ बस्ने २५ वर्षीय दिपक कुन्जेडा कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीकी बयाडी थरकी युवतीलाई भगाएर फरार भएका छन् ।
उनी घरबाट बेपत्ता भएपछि श्रीमती धना कुन्जेडाले जिल्ला प्रहरी कार्यालय कैलालीमा खोजीका लागि निवेदन दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले कुन्जेडाको खोजीका लागि हुुलियासहितको निवेदन प्राप्त भएको बताए । प्रहरीले उनको खोजीका लागि सबैतिर हुलिया पठाइसकेको जनाएको छ ।
तर, कुन्जेडा पुनर्वासकी युवतीलाई भगाएर फरार भएको पाइएपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको छ भने उनकी श्रीमती र दुई नाबालक छोरी अलपत्र परेका छन् । कुन्जेडाकी श्रीमतीका माइती पक्षले उनलाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेको छ ।
कुन्जेडा अन्दाजी पाँच फिट पाँच इन्च उचाई, हराएका बेला कालो, सेतो टिसर्ट, खैरो काटिएको पाइन्ट लगाएको, कालो वर्ण र दाह्री पालेको हुलियाको भएकाले कतै देखे, भेटेमा नजिकको प्रहरी चौकी वा ९८६४३११६७९ मा सम्पर्क गरिदिन अनुुरोध गरेको छ ।
प्रतिक्रिया दनुहोस्