वाईफाई नेपालले ल्यायो मासिक ६५४ रुपैयाँमै डुअल ब्यान्ड राउटरसहित सय एमबीपीएस इन्टरनेट

धनगढी : इन्टरनेट सेवाप्रदायक वाईफाई नेपाल प्रालिले मासिक ६५४ रुपैयाँ बराबरको लागतमा सय एमबीपीएस गति भएको नयाँ इन्टरनेट योजना सार्वजनिक गरेको छ।

हालसम्म ५० एमबीपीएस र ८० एमबीपीएस सेवा प्रदान गर्दै आएको कम्पनीले नयाँ योजना अन्तर्गत डुअल ब्यान्ड राउटरसहितको १०० एमबीपीएस फाइबर इन्टरनेट ल्याएको हो। कम्पनीका अनुसार यो योजना घरपरिवार र साना व्यवसायलाई लक्षित गरी डिजाइन गरिएको छ। नयाँ योजनाअनुसार २४ महिनाको अवधिका लागि १५ हजार ७०७ शुल्क तिर्दा मासिक ६५४ रुपैयाँ पर्नेछ।

Seti Hospital

१२ महिनाको अवधिका लागि भने ९,४६९ शुल्क निर्धारण गरिएको छ, जसमा मासिक ७९० रुपैयाँ पर्न आउँछ। यो मूल्यमा भ्याट समावेश गरिएको र अन्य कुनै अतिरिक्त शुल्क नलाग्ने कम्पनीले स्पष्ट पारेको छ। वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जियारले हालसम्म ७० हजार घरधुरीमा आफ्नो इन्टरनेट जडान भएको जानकारी दिए। “हामी नेपाली समाजको बढ्दो डिजिटल आवश्यकता बुझेर उच्च गुणस्तरको फाइबर इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराएका छौं,” उनले भने।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार