मृगौला पीडित बिरामीले सेती अस्पतालको तेस्रो तलाबाट हाम फाले

धनगढी : सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जनाले छतबाट हाम फालेका छन्।

प्रादेशिक अस्पतालमा डायलासिस गराउदै आएका गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मङ्गलवार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका हुन्।

Galaxy

प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले सोमवार मेडिकल वार्डमा भर्ना भएका सिंहले दिउँसो २ बजेपछि एक्कासि तेस्रो तलाबाट हाम फालेको बताए। गम्भीर चोट लागेका सिंहको अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको श्रेष्ठले बताए। मृगौला पीडित सिंह प्रादेशिक अस्पतालमा डायलासिस गर्दै आएका थिए।

सोमवार पनि डायलासिस गर्न आएका सिंहलाई चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए। सिंहकी श्रीमती ईश्वरीदेवी उनको कुरुवा बसेकी थिइन्। एकैपछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासि तेस्रो तलाबाट हाम फालेको देखिएको अस्पतालले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार