धनगढी : ईमरल्ड एकेडेमीले शिक्षक शिक्षिकाका लागि ७२ घण्टे (तीन दिने) तालिम दिएको छ । स्कुलले आफ्ना शिक्षक शिक्षिकाको क्षमतावृद्धिका लागि सो तालिम दिएको हो ।
तालिममा कुल २५ जना शिक्षक शिक्षिकाहरुको उत्साहजन उपस्थिति रहेको स्कुलले जनाएको छ ।
तालिममा सहभागी शिक्षक शिक्षिकालाई ‘एक्सन बेस्ड लर्निङ’ र ‘प्रोजेक्ट बेस्ड लर्निङ’ गरी दुई विधामा तालिम प्रदान गरिएको थियो । तालिममा श्रेत्र प्रसाद ज्ञवाली प्रशिक्षक रहेका थिए ।
तालिमले शिक्षक शिक्षिकाको क्षमता वृद्धि गर्नुका साथै विद्यार्थीहरुलाई पढाईप्रति उत्साहित भइ विद्यालय जाने वातावरण बनाउने गरी दक्ष बनाउनेमा विश्वास व्यक्त गरिएको छ ।
प्रतिक्रिया दनुहोस्