धनगढी : कैलालीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले पड्काएको बमको खोका भएको खुलेको छ ।
शनिबार गोदावरी नगरपालिका–४ को काली खोलाको छेउमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले शंकास्पद वस्तु भेटिएको सूचनापछि डिस्पोजका लागि नेपाली सेनाको देवीदल गण तेघरीलाई खबर गरेको थियो ।
देवीदल गणबाट आएको बम डिस्पोजल टोलीले उक्त वस्तु नेपाली सेनाले तालिमका क्रममा पड्काएको प्यारा बम नामक खाली खोका मात्र रहेको पाइएको जनाएको छ ।
उक्त खोका ६ महिना अघि तालिमका बेला पड्काएको बमको भएको खुलेको छ ।
प्रतिक्रिया दनुहोस्