‘देउता आयो’ भन्दै बुढीगंगा नदीमा हामफालेका गणेशको मृत्यु

धनगढी : बाजुराको बुढीगंगा नदीमा डुबेर एकजनाको मृत्यु भएको छ।

केही दिनदेखि पितृ कार्यका लागि मौरे त्रिवेणीधाम पुकारमा बसिरहेका खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका २६ वर्षका गणेश नेपालीको बुढीगंगा नदीमा डुबेर मृत्यु भएको हो।

Galaxy

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिपकुमार गिरीका अनुसार त्रिवेणी नगरपालिका–८ मा रहेको धार्मिक स्थल त्रिवेणीधाममा ३२ वर्षीया अञ्जली नेपाली र २७ वर्षीय दीपक नेपाली पनिसँगै थिए।

उनीहरू तीनै जनाले देउता आयो भन्दै नदीमा हामफालेका थिए। अञ्जली र दीपक घाइते अवस्थामा जोगिएको तर गणेशको भने मृत्यु भएको प्रहरीले जनाएको छ।

अछामको बयालपाटा अस्पतालमा घाइते दुई जनाको उपचार भइरहेको छ। बाजुरामा देवीदेवता र पितृका नामको अन्धविश्वासका कारण यसअघि दुई जना देवताका धामी कर्णाली नदीमा बेपत्ता भएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार