काठमाडौं : जम्मु कश्मीरमा नियन्त्रण रेखा (एलओसी)का केही क्षेत्रमा पाकिस्तानी सेनाले गोलीबारी गरेको भारतीय पक्षले आरोप लगाएको छ । त्यसको जवाफ पनि भारतीय सेनाले फर्काएको भारतीय मिडियाहरुले जनाएका छन् ।
तर, त्यसबाट क्षति भयो कि भएन भन्ने विवरण आइसकेको छैन । भारतीय सेनालाई पाकिस्तानसँग जोडिएको सीमा क्षेत्रमा तैनाथी बढाइएको छ ।
भारत नियन्त्रित जम्मु कश्मीरको पहलगाम भन्ने स्थानमा मंगलबार दिउँसो पर्यटकलाई लक्षित गरी आतंकवादी हमला हुँदा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । यो घटनापछि सीमा क्षेत्र वरपर सैनिक अप्रेसन जारी छ ।
सोही क्रममा पाकिस्तानी भूमिबाट पनि साना हतियारबाट गोलीबारी भएको भारतीय मिडिया हिन्दुस्तान टाइम्सले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्