५ लाख ७५ हजारको अवैध सामान बरामद

धनगढी : दुई जिल्लाबाट ५ लाख ७५ हजारको अवैध सामान बरामद गरिएको छ।

कैलाली र कञ्चनपुरको विभिन्नर स्थानबाट ५ लाख ७५ हजार ५१० मुल्य को अवैध सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–३ पुरानो हण्डा सोरुम नजिक, धनगढी उपमहानगरपालिका–७ मनेहरा, धनगढी उपमहानगरपालिका–१४ डी गाउँ, गोदावरी नगरपालिका–४ वनदेवी मन्दिर नजिक, जोशीपुर नगरपालिका–१ पिपरकोटी र टीकापुर नगरपालिका–९ बालुवाटारबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख ३२ हजार ८१० बराबरको सामान बरामद गरिएको छ।

Seti Hospital

भन्सार छलीको चिनि, बिडी, सुर्ती, गुट्खा, छिद्रा माछा, श्रृंगारको सामान, खेलौना, थानको कपडा, नल्का बनाउने सामान, नट बोल्टहरु, प्लाष्टिक झोला लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेला र भीमदत्त नगरपालिका–१७ बासखेडाबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य २ लाख ४२ हजार ७०० बराबरको सामान बरामद गरिएको छ। बञ्चनपुरबाट भन्सार छलीको जुत्ता, कपडा, हार्डवेयरका र किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार