चैतन्य पाठशाला परिसरमा २२ जनाद्वारा रक्तदान

कैलाली । धनगढी स्थित चैतन्य पाठशालामा आयोजित रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन ।

नयाँ वर्ष २०८२ को अवसर पारेर रक्तदान जीवनदान, मानव सेवाका लागि चैतन्य अभियान भन्ने नाराका साथ आज आयोजित रक्तदान कार्यक्रममा पहिलो पटक ७ जना सहित २२ जनाले रक्तदान गरेको सुदुरपश्चिम प्रदेश सरकारका स्वास्थ्य दुत एबम चैतन्य पाठशालाका रक्तदान संयोजक दीपक उपाध्यायले जानकारी दिएका छन् । पहिलो पटक रक्तदान गर्ने रक्तदाताहरुलाई स्वास्थ्य दुत उपाध्यायले काउन्सिलिङ गरेका थिए ।

Seti Hospital

पहिलोपटक रक्तदान गर्ने रक्तदाताहरुले अबदेखि नियमित रुपमा ३÷३ महिनामा रक्तदान गर्ने प्रण गरेको उपाध्यायले बताएका छन् ।

गर्मियाम सुरु भएसंगै बिरामीको संख्या बढ्ने र उपचारका लागि चाहिने रगतको सहजताका लागि पाठशाला परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको चैतन्य पाठशालाका सिइओ गणेश प्रसाद जोशीले बताएका छन् । उनले पाठशालाले मासिक रुपमा रक्तदानका कार्यक्रम आयोजना गर्दै आइरहेको समेत जानकारी दिएका छन् ।

रक्तदानमा सहभागि सम्पुर्णलाई स्वास्थ्य दुत उपाध्याय र चैतन्य पाठशालाका सिईयो जोशीले प्रसंशा पत्र प्रदान गरेका थिए । धनगढी स्थित प्रादेशिक रक्तसंचार केन्द्रले रक्तदान कार्यक्रमको प्राविधिक सहजिकरण गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार