पायल्स, फिसर र फिस्टुलाको निःशुल्क शल्यक्रिया गर्दै धनगढी उपमहानगरपालिकाले

धनगढी : धनगढी उपमहानगरपालिकाले पायल्स, फिसर र फिस्टुलाको निःशुल्क परीक्षणपछि शल्यक्रिया पनि गरिरहेको छ ।

२५ देखि २९ चैतसम्म धनगढीको विभिन्न पाँच ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर तीन दिनसम्म बिरामीको आयुर्वेद पद्धतिअनुसार शल्यक्रिया गर्न लागेको उपमहानगरपालिकाले जनाएको छ ।

Seti Hospital

स्वास्थ्य शिविरमा आएका बिरामी मध्ये ५३ जनाको पायल्स, फिसर र फिस्टुलाको छारसुत्र विधिबाट शल्यक्रिया गर्न सिफारिस गरिएको थियो । उनीहरु मध्ये १६ जनाको ३ बैशाखमा शल्यक्रिया भइसकेको छ भने बाँकीको ४ र ५ बैशाखमा उर्मा आयुर्वेद औषधालयमा शल्यक्रिया हुने आयुर्वेद स्वास्थ्य शाखा प्रमुख डाक्टर रविन्द्रकुमार यादवले जानकारी दिए ।

उपमहानगरपालिकाले हरेक महिना वडामा विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्दै समय–समयमा क्यान्सर लगायतका बिरामी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यो पटक पायल्स, फिसर फिस्टुलाका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण र शल्यक्रिया गरिरहेको हो । अहिले काठमाडौंको किर्तिपुर आयुर्वेद अस्पतालका आयुर्वेद सर्जन डाक्टर मदन भण्डारीले बिरामीको शल्यक्रिया गरिरहेका छन् ।

उपमहानगरपालिकाले यसअघि २५ देखि २९ चैतसम्म वडा नम्बर ४, १०, ११, १६ र १८ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । शिविरमा दुई सय ५६ जना बिरामीलाई उपचार तथा परामर्श सेवा लिएका थिए । उनीहरु मध्येकै बिरामीको निःशुल्क शल्यक्रिया भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार