धनगढी : डोटीमा हाईसको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन्।
जिल्लाको जोरायल गाउँपालिका–२ रुबसकाँडा स्थित भीमदत्त राजमार्गमा दिपायलबाट धनगढी तर्फ आउँदै गरेको चालक डोटीको जोरायल गाउँपालिका–३ जोरायल बस्ने २३ वर्षीय जनक मल्लले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १५४६ नम्बरको इभि हाईसले धनगढीबाट बैतडी तर्फ जाँदै गरेको बैतडीको पाटन नगरपालिका–७ बस्ने २६ वर्षीय दिनेशहादुर चन्दले चलाएको सुदूरपश्चिम प्रदेश०१००८ प १७१७ नम्बरको मोटरसाइकललाइ ठक्कर दिँदा उनि घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
हायसको ठक्करबाट उनकोे दाँया हात र खुट्टामा चोट लागेको जनाइएको छ। उनलाइ उपचारका लागी स्थानीय स्वास्थ्य चौकी बुडर डोटीमा पठाइएको छ। हाईस चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दनुहोस्