काठमाडौं : मकवानपुरको मनहरी गाउँपालिका-६ सुनाचुरीस्थित पूर्व-पश्चिम राजमार्गमा आज बिहान भएको बस दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् । इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९९ नम्बरको यात्रुबाहक बस सडकबाट करिब १० मिटर तल खस्दा यात्रुहरू घाइते भएका हुन् ।
घटनापछि तत्काल उद्धार गरिएको घाइतेहरूलाई चितवनस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय हेटौँडाका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । बस चालक २९ वर्षीय राकेश चौधरी, जो बाराको कोल्बी नगरपालिका-११ का हुन्, उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्