काठमाडौं : सेनाको नक्कली पोसाक लगाई डर त्रास देखाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ का ३० वर्षीय पदमकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
तामाङले नेपाली सेनाको सहसेनानी दर्ज्यानी युक्त नक्कली पोसाक प्रयोग गरी विवाह गर्ने प्रलोभन तथा डर त्रासमा समेत पारे एक युवतीलाई जबरजस्ती करणी गरेका थिए ।
तामाङलाई चैत्र ३१ गते जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले इलाम नगरपालिका-७ बाट पक्राउ गरिएको जानकारी दिएको छ । उनलाई जिल्ला अदालत इलामबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।
तामाङ यसअघि सार्वजनिक अपराध, चोरी, अभद्र व्यवहार लगायतका कसुरमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्