५ ग्राम ९३० मिलिग्राम खैरो हेरोईन सहित २ जना पक्राउ

अत्तरिया : कैलालीबाट ५ ग्राम ९३० मिलिग्राम खैरो हेरोईन सहित २ जना पक्राउ परेका छन । मंगलबार धनगढी उप–महानगरपालिका – ३ बोराडाडी लम्की–चुहा नगरपालिका – ७ का २५ वर्षीय अजय चौधरी पक्राउ परेका छन । उनको साथबाट ४ ग्राम ६०० मिलिग्राम लागु औषध (खैरो हिरोइन) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै गोदावरी नगरपालिका –४ बसन्तपुरबाट १८ वर्षीय योगेश जोशी पक्राउ परेका छन । गोदावरी नगरपालिका – २ पुर्ब रोडमा हिडीरहेको अबस्थामा चेकजाँच गर्दौ उनको साथबाट १ ग्राम ३३० मिलिग्राम लागु औषध (खैरो हिरोईन) बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई नाकको प्वालमा लागू औषध लुकाएको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Seti Hospital

प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि हिरासत राखी थप अनुसन्धान भइरहेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार