पन्ध्र करोड ४६ लाखका पाठ्यपुस्तक बिक्री सुदूरपश्चिममा

धनगढी : जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले १५ करोड ४६ लाख ७४ हजार ११७ बराबरका पाठ्यपुस्तक बिक्री गरेको छ।

केन्द्रले नयाँ शैक्षिकसत्र २०८२ का लागि सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा स्थानीय पुस्तक विक्रेतामार्फत उक्त मूल्यका पाठ्यपुस्तक बिक्री गरेको हो। गत चैत १७ गतेबाट पाठ्यपुस्तक बिक्री सुरु गरिएको र चैत मसान्तसम्म ११ लाख ३६ हजार ४१७ थान पाठ्यपुस्तक बिक्री भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामविनय श्रेष्ठले जानकारी दिए।

Seti Hospital

प्रदेशमा चालु शैक्षिकसत्र २०८२ मा २५ करोड बराबरका १८ लाख १७ हजार थान पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य रहेको उनले जानकारी दिए। उनका अनुसार बाजुरामा एक लाख नौ हजार २९६ थान, दार्चुलामा ९५ हजार ८२६, बैतडीमा एक लाख ४२ हजार ६३३, बझाङमा एक लाख आठ हजार ५६० र अछाममा एक लाख २३ हजार ११६ थान पाठ्यपुस्तक विक्री वितरण भएको छ।

त्यसैगरी, डोटीमा एक लाख १५ हजार ६३ थान, डडेलधुरामा ४७ हजार ७६४,कञ्चनपुरमा एक लाख ४७ हजार २३८ र कैलालीमा दुई लाख ४६ हजार ९२१ थान पाठ्यपुस्तक बिक्री वितरण भएको उनले जानकारी दिए। प्रदेशका सात पहाडी जिल्लामा लगभग पाठ्यपुस्तक पुगिसकेको र केही छुटपिट ठाउँमा अझै पाठ्यपुस्तक गइरहेको उनले जानकारी दिए।

उनले भने, “हामीले सुरुमा पहाडी जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गरेका थियौँ। कैलाली र कञ्चनपुरका बाँकी रहेका ठाउँमा पाठ्यपुस्तक गइरहेको छ। भर्ना अभियानसँगै सबै जिल्लाका विद्यार्थीले पाठ्यपुस्तक पाउनुहुन्छ।” केन्द्रले गत शैक्षिकसत्र २०८१ मा २२ करोड ५७ लाख बराबरका पाठ्यपुस्तक बिक्री गरेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार