धनगढी : धनगढीमा भएको राष्ट्रिय युवा संघ कप भलिबल प्रतियोगिता–२०८१ को उपाधि राष्ट्रिय युवा संघ डोटीले हात पारेको छ।
धनगढी रङ्गशालामा आज भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा मालिकार्जुन दार्चुलालाई पछि पार्दै राष्ट्रिय युवा सङ्घ डोटीले उपाधि हात पारेको हो। प्रतियोगिताको दृतिय स्थान मालिकार्जुन दार्चुलाले हात पारेको छ भने रानाथारु आदर्श युवा क्लबले तृतीय स्थान हात पारेको छ।
प्रथम हुने टीमले नगद २ लाख २५ हजार पुरस्कार प्राप्त गरेको छ। द्वितीय मालिकार्जुन दार्चुलाले एक लाख २५ हजार तथा तेस्रो स्थान हासिल गर्ने रानाथारु आदर्श युवा क्लबले नगद ७५ हजार पुरस्कार प्राप्त गरेका छन्।
राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा चैत २९ गतेबाट धनगढी रङ्गशालामा सुरु भएको खुल्ला पुरुष भलिबल प्रतियोगिता आज समापन गरिएको छ।
राष्ट्रिय युवा सङ्घ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज अरुण कुँवरको अध्यक्षता भएको समापन कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय इन्चार्ज राजिव पहाडी प्रमुख आतिथि थिए।
राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय महासचिव सुमन पुरी, नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गाना लगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो। लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने र युवाहरूलाई खेलकुदमार्फत सकारात्मक सोच, अनुशासन र नेतृत्व क्षमतातर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको हो।
राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीका अनुसार यस्ता गतिविधिहरूले युवाहरूलाई सशक्त, सक्रिय र जिम्मेवार नागरिक बन्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दनुहोस्