बीजी इन्फोटेकद्वारा धनगढीमा छाडा पशुचौपाया र कुकुरलाई खाना, रिफ्लेक्टिङ्ग बेल्ट पनि बाँधियो

कैलाली : बीजी इन्फोटेक (आईटी कम्पनी) ले आफ्नो पहिलो स्थापना दिवसमा सामाजिक उत्तरदायित्व अन्तर्गत एक प्रेरणादायी काम गरेको छ । इन्फोटेकले सोमबार बिहान छाडा गाई तथा गोरुलाई रोटी र केरा खुवाएर दिवसको सुरुवात गरेको हो । यस्तै, साँझको समयमा धनगढीका मुख्य सडक आसपास रहेका छाडा कुकुरहरूलाई मासु र भात खुवाइएको इन्फोटेकले जानकारी दिएको छ ।

केवल भोजनमै सीमित नरहेर, इन्फोटेकले सडक दुर्घटनाको जोखिम कम गर्न छाडा चौपायाका घाटीमा राती देखिने रिफ्लेक्टिङ्ग बेल्ट समेत बाँधिएको इन्फोटेकका सञ्चालक सन्देश बोगटीले जानकारी दिए । रिफ्लेक्टिङ्ग बेल्टले रातको समयमा सवारी साधनले चौपाया देख्न सक्ने भएकाले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Seti Hospital

छाडा जनावरहरूप्रति दया भाव र समाजमा चेतना फैलाउने उद्देश्यले यस्तो प्रयास गरिएको बताइएको छ । सञ्चालक बोगटीले आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार