राशिफल २ वैशाख : वृषलाई एउटै कामबाट दोहोरो लाभ मिल्ने, सिंहको विशेष यात्रा हुने, तपाईँको के?

भक्तराज जोशी

आज मंगलबार, २ वैशाख २०८२ (१५ अप्रिल २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: तपाईंका लागि समय उत्तम फलदायक छ । लाभ, समस्या समाधान, कार्य सफल होला ।

Seti Hospital

वृष: दिन शुभ छ । आर्थिक लाभ, विजय, काममा सफलता प्राप्ति हुने सम्भावना देखिन्छ ।

मिथुन : समय अनुकूल देखिँदैन । कार्य असफल, कष्ट, आर्थिक क्षति, खर्चमा वृद्धि हुन सक्छ ।

कर्कट: पेटको स्वास्थ्य समस्या, दौडधूप, तनाव परिवारिक विवाद हुन सक्छ । सजग रहनुहोला ।

सिंह: तपाईंका लागि दिन उत्तम भएकाले आर्थिक लाभ, सम्मान, शुभ समाचार मिल्ने देखिन्छ ।

कन्या:दिन शुभ देखिँदैन । धन नाश, चिन्ता, दुःख–कष्ट, व्यर्थको खर्च नहोला भन्न सकिन्न ।

तुला: समय बलवान् छ । लाभ, उपहार प्राप्ति, मिष्ठान्न भोजन, कार्यकुशलता हुने देखिन्छ ।

वृश्चिक: स्वास्थ्य बाधा, चोटपटकको भय, विवाद हुन सक्ने भएकाले सजगता अपनाउनुहोला ।

धनु: शुभ समय आएकाले आर्थिक लाभ, मिष्ठान्न भोजन प्राप्ति, हर्षविभोर हुने देखिन्छ ।

मकर: समय उत्तम फलदायक छ । सुख–सन्तोष, स्वस्थताको महसुस, जाँगर बढ्ने सम्भावना छ ।

कुम्भ: समय अनुकूल नभएकाले राजनीतिज्ञबाट डर, असफलता, प्रतिष्ठामा आघात हुने देखिन्छ ।

मीन: चोटपटकको भय, कार्य बाधा, नोक्सानी, चिन्ता हुन सक्ने भएकाले सजग रहनुहोला ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार