आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली–प्रचण्डले एउटै मञ्चबाट सम्बोधन गर्दै

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७५औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ । जननेता भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गर्न लागेकाे हाे ।

फाउन्डेसनले जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा आज राष्ट्रिय सभागृहमा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रम तय गरेको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमलाई पछिल्लो राजनीतिक परिस्थितिका कारण अर्थपूर्ण रूपमा हेरिएको छ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेपाहरू आज एउटै मञ्चमा उपस्थित हुने भएका छन् ।

फाउण्डेसनले आयोजना गरेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीमा एमाले अध्यक्ष ओली, नेकपा संयाेजक ‘प्रचण्ड’, नेता नेपाल, झलनाथ खनाल र जसपाका अध्यक्ष यादवले सम्बोधन गर्नेछन् ।

मार्क्सवादको नवीन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्तका प्रवर्तक मानिने भण्डारीको जन्म १४ असार २००९ मा ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । 

भण्डारीकाे ३ जेठ २०५० मा चितवनको दासढुंगामा जिप दुर्घटना हुँदा निधन भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार