कैलालीको गेटा अस्पतालमा मुटु रोगको उपचार सेवा सुरु

धनगढी : कैलालीको गेटा अस्पतालमा मुटु रोग (कार्डियोलोजी) उपचार सेवा सुरु गरिएको छ।

मुटु रोग विशेषज्ञ डाक्टर अजय भट्टले मुटु रोगका बिरामीहरुलाई उपचार सेवा दिन थालेका हुन।

Seti Hospital

गेटा अस्पतालले डाक्टर भट्ट यसअघि सहिद गंगालाल हृदय रोग केन्द्रमा कार्यरत रहेका बताएको छ। उनलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छात्रवृत्ति करार सेवाअन्तर्गत गेटा अस्पतालमा खटाएको हो। भट्टले गत मङ्गलवारदेखि ओपिडी सेवा सुरु गरेका हुन्। अस्पतालमा दैनिक १० जनाको हाराहारी मुटु रोगका बिरामी जाँच गराउन आउने गरेका छन्

गेटा अस्पतालमा अहिले अत्याधुनिक इसिजी र इलेक्ट्रोकार्डियोग्राम (इको) जाँच सेवा उपलब्ध छ। गेटा अस्पतालले क्याथ ल्याब सेवा सुरु गर्ने तयारी समेत गरेको छ। गेटा अस्पतालका निर्देशक प्रमोद यादवले गेटा क्याथ ल्याब सञ्चालनको तयारीमा रहेको बताएका छन्। सुदूरपश्चिम प्रदेशमा पहिलो पटक गेटा अस्पतालमा क्याथ ल्याब सञ्चालन हुने दाबी उनको छ।

हाल सुदूरपश्चिम प्रदेशमा क्याथ ल्याब सेवा उपलब्ध छैन। यो सेवा सञ्चालनमा आएमा हृदयघातलगायत गम्भीर तथा आकस्मिक मुटु रोगीहरूको उपचारमा ठूलो राहत पुग्ने अस्पतालले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार