स्ववियु निर्वाचनको केएमसीमा २ हजार ५६ जनाले गरे मतदान

धनगढी : कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा २ हजार ५६ जनाले मतदान गरेका छन।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अन्तर्गत कैलाली बहुमुखी क्याम्पसमा दुई हजार ५६ मत खसेको हो। स्ववियु निर्वाचन समितिले बुधवार भएको निर्वाचनमा दुई हजार ५६ जनाले मतदान गरेका बताएको छ। कैलाली बहुमुखी क्याम्पसमा कुल तीन हजार पाँच सय ९० जना मतदाता रहेका थिए।

कैलाली बहुमुखी क्याम्पसमा नेपाली काँग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, नेविसंघबाट विद्रोह गरेको एकता विद्यार्थी समूह र अखिल क्रान्तिकारी प्यानलसहित स्ववियुको निर्वाचनमा छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार