शिक्षकहरू आज पनि सडकमा

काठमाडौं : विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेका शिक्षकहरूले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूले काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

सरकारले पटकपटक वार्तामा बोलाए पनि शिक्षकहरूले अस्वीकार गर्दै आएका छन् । सरकारले विगतमा पनि सहमति गरेको तर कार्यान्वयन नगर्ने गरेकाले वार्ताको औचित्य नरहेको उनीहरूको अडान छ ।

Seti Hospital

शिक्षा ऐन जारी गर्नुपर्नेबाहेक आफूहरूले अहिले कुनै माग नराखेकाले वार्तामा बस्नुको औचित्य नरहेको महासंघले जनाएको छ ।

संसद्को बजेट अधिवेशन तत्कालै सुरु गर्नुपर्ने, विशेष अधिवेशन आह्वान गर्नुपर्ने वा अध्याधेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार