धनगढीको शिवपुरी टोलबाट तीन जना पक्राउ

धनगढी : धनगढीको शिवपुरी टोलबाट तीन जना पक्राउ परेका छन। धनगढी उपमहानगरपालिका–४ शिवपुरी टोलबाट लागुऔषधसहित तीन जना पक्राउ परेका हुन।

सुदूरपश्चिम प्रदेश प्रहरीले ५० मिलिग्राम ब्राउनसुगरसहित तीन जना पक्राउ परेका बताएको छ। पक्राउ पर्नेहरूमा शिवपुरी टोलकी २९ वर्षीय रेश्मी कार्की, २४ वर्षीय किरण मगर र डोटीको दीपायल–सिलगढी नगरपालिका–६ का १९ वर्षीय सुजन खड्का रहेका छन्। उनीहरूलाई अस्थायी प्रहरी पोस्ट शिवपुरी धामको प्रहरी टोलीले पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार