३ लाख १६ हजारको अवैध सामान बरामद 

धनगढी : कैलालीमा ३ लाख १६ हजारको अवैध सामान बरामद गरिएको छ।

जिल्लाको विभिन्न स्थान धनगढी–३ भन्सार नजिक र मिलन चोक, गोदावरी–३ चौकिडाँडा, भजनी–३ पहलवान झुलङ्गेपुलबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख १६ हजार ९० बराबरको भन्सार छलीको सामान बरामद गरिएको हो।

भन्सार छलीको चिनि, सुर्ति, गुट्खा, बिडी, दाल, नरिवल, केक पाउडर, ब्रेड पाउडर, चकलेट, कस्मेटिक सामानहरू, सुटपिस, कुर्तिसेट, टप्स, प्लाजु लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय, कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार