ठुलो परिमाणमा अवैध सुनका गहनासहित स्वयम्भूबाट एक जना पक्राउ

काठमाडौँ : अवैध रूपमा सुन ल्याएर तयार पारिएको गहनासहित काठमाडौँको स्वयम्भूबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–५ घर भएर कलंकीमा बस्दै आएका दिपेशलाल चित्रकार छन्।

Seti Hospital

प्रहरी वृत्त स्वयम्भूको टोलीले उनलाई काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूस्थित आनन्दकुटीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले  बताए । 

आरोपीको साथबाट ठुलो परिमाणमा सुनका गहना बरामद गरिएको छ । उनको साथबाट नौगेडी ११ थान, सिङ्गल गेडी माला ७ थान, क्रिस्टल सहितको सुनको माला १३ थान, मङ्गलसूत्र ६ थान, सोली गेडी १ थान, टप ३ थान, क्लिप ९ थान सहित १४ प्रकारका गहना प्रहरीले बरामद गरेको छ ।

अवैध रूपमा आयात गरेको सुनलाई गहना बनाएर उनले बेच्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरीसँग उनले भनेका छन्, ‘बङ्गालीहरूले ल्याएर दिएको सुनको गहना बनाएर बेच्न हिँडेको हुँ ।’

गहना बेच्न हिँडेको अवस्थामा मङ्गलवार पक्राउ परेका उनलाई प्रहरीले राजस्व अनुसन्धान विभाग हरिहर भवनमा बुझाएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार