कैलालीबाट भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–७ बेली मिलन सामुदायिक वन नजिक, धनगढी उपमहानगरपालिका–१० जुगेडा कटान सिमलघाट, भजनी नगरपालिका–५ नयाँबस्ती र कैलारी गाउँपालिका–६ धर्मपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ७६ हजार ७ सय बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ।

भन्सार छलीका प्याज, बिडी, सुर्ती, माछा, सिद्रा माछा, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार