सुदूरपश्चिम सुन्दर पश्चिम हो : प्रदेश प्रमुख मियाँ

धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश सुन्दर पश्चिम रहेको बताएका छन्।

कैलालीको बर्दगोरिया गाउँपालिका-४ मा रमजान मुबारक तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश प्रमुख मियाँले सबै भाषा धर्म, संस्कृति मिलेको प्रदेश सबै भन्दा सुन्दर रहेको बताएका थिए। उनले पर्यटकीय दृष्टिकोणले पनि सुदूरपश्चिम सुन्दर रहेको बताए।

उनले मुलुकको धर्म संस्कृति बुझ्न कैलाली कञ्चनपुर मात्रै भ्रमण गरे पर्याप्त हुने बताएका थिए। ‘विभिन्न संस्कृति र पर्यटन हेर्दा सुदूरपश्चिम सुदूरपश्चिम हो ’ उनले भने, ‘यहाँ सबै धर्म, संस्कृति भाषा भएकाहरू मिलेर बस्नु भएको छ।’ मस्जिद विलाल गौसिया समितिको आयोजनामा भएको कार्यक्रममा उनले सलाम शब्द सबैका प्रिय बन्दै गइरहेको भन्दै यसलाई कुनै एउटा धर्मको शब्द मात्रै भन्न नहुने बताएका थिए

कार्यक्रममा बर्दगोरिया गाउँपालिका नम्बर १ का वडाध्यक्ष मिथुन गौतम, २ का वडाध्यक्ष गोविन्द विक, ४ का वडाध्यक्ष जगत बहादुर शाही, ६ का वडाध्यक्ष एवम् नेकपा माओवादी केन्द्र बर्दगोरिया गाउँ कमिटी अध्यक्ष रामकृष्ण चौधरी , प्रदेश क्षेत्र नम्बर २ ख समिति सभापति तेज प्रताप मल्ल, नेकपा एमाले बर्दगोरिया गाउँ कमिटी सचिव नवीन ढुङ्गाना लगायतले शुभकामना व्यक्त गरेका थिए।

वडा नम्बर ४ का वडाध्यक्ष जगत बहादुर शाहीले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने बताए। कार्यक्रममा कोटागढी बजारका व्यापारी, समाजसेवी, बुद्धिजीवी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार