प्रदेश प्रमुख मियाँद्वारा स्वरोजगार मेलाको अवलोकन

धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख  नजिर मियाँले धनगढीमा जारी सीप तथा स्वरोजगार मेलाको अवलोकन गरेका छन्।

प्रदेश प्रमुख मियाँले सबै स्टलमा पुगेर सिप सिक्दै गरेकाहरूसँग चुनौती र त्यसपछिको अवसरबारे पनि छलफल गरेका थिए। अनुभव साटासाट गर्दै प्रदेश प्रमुखले सबैलाई सीपलाई सदुपयोग गर्न र स्वरोजगार बन्न सुझाव दिएका थिए। रोजगार मेलामा सीप सिकेकालाई सिकेको सीप प्रयोगका लागि प्रेरित गर्न आयोजक धनगढी उपमहानगरपालिकालाई आग्रह गरेका थिए। प्रदेश प्रमुख ज्यूले मेला फलदायी रहेको बताएका थिए।

Seti Hospital

धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले प्रदेश प्रमुखलाई मेला अवलोकन गराएकी थिइन्। एक महिनासम्म सञ्चालन हुने स्वरोजगार मेलामा एक हजार ४० जनाले सीप सिकिरहेका छन्। २९ विधामा सीप सिकाइको काम भइरहेको उपप्रमुख बताइन्। सिप सिकिरहेकाहरू मध्ये अधिकांशको रोजगारीको व्यवस्था भइरहेको भन्दै उपप्रमुख रानाले प्रत्येक वर्ष उपमहानगरपालिकाले यस्तो रोजगार मेलाको आयोजना गर्ने बताइन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार