धनगढीको सिप मेलामा पुगे प्रदेश प्रमुख देवकोटा

धनगढी : धनगढीको सिप तथा रोजगार मेलामा प्रदेश प्रमुख दीपक देवकोटा पुगेका छन।

बागमती प्रदेशका प्रमुख देवकोटाले धनगढीमा जारी सीप तथा स्वरोजगार मेलाको अवलोकन गर्न पुगेका हुन। गृह नगर आएको बेला उनले मेला अवलोकन गरेका छन्।

Seti Hospital

मेला अवलोकनका क्रममा सीप सिक्दै गरेकाहरूसँग उनले आफ्नो अनुभव साटासाट गरेका छन्। प्रदेश प्रमुख देवकोटाले स्वरोजगार बन्ने सुझाव पनि दिएका छन। धनगढीमा होजियारी उद्योग सञ्चालन गर्दै आएका देवकोटाले रोजगार मेलामा सीप सिकेकालाई सिकेको सीप प्रयोगका लागि प्रेरित गर्न आयोजक धनगढी उपमहानगरपालिकालाई आग्रह गरे।

प्रदेश प्रमुख देवकोटासँगै उनकी धर्मपत्नी एवम् उद्यमी रुक्मणि देवकोटा पनि सिप तथा रोजगार मेलामा पुगेकी छन्। धनगढी उपमहानगरपालिकाका नगर उप–प्रमुख कन्दकला रानाले प्रदेश प्रमुखलाई मेला अवलोकन गराएकी छन। धनगढी उपमहानगरपालिकाले एक महिनासम्म सिप तथा रोजगार मेला सञ्चालन गरेको छ।

चैत ८ गतेसम्म मेला सञ्चालन हुने छ। मेलामा २९ विधामा एक सय ४० जनालाई सिप सिकाउन छनौट गरिएको थियो। तर, केहीले बिचमा छोडेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार