प्रदेश प्रमुख देवकोटाद्वारा धनगढीमा जारी स्वरोजगार मेलाको अवलोकन

धनगढी : बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले धनगढीमा जारी सीप तथा स्वरोजगार मेलाको अवलोकन गर्नुभएको छ । गृह जिल्ला आएको बेला उहाँले सीप तथा स्वरोजगार मेलाको अवलोकन गरेका छन् ।

मेला अवलोकनका क्रममा सीप सिक्दै गरेकाहरुसँग आफ्नो अनुभव साटासाट गर्नुका साथै प्रदेश प्रमुख देवकोटाले स्वरोजगार बन्ने सुझाव पनि दिए ।
धनगढीमा होजियारी उद्योग सञ्चालन समेत गर्नुभएका देवकोटाले रोजगार मेलामा सीप सिकेकालाई सिकेको सीप प्रयोगका लागि प्रेरित गर्न आयोजक धनगढी उपमहानगरपालिकालाई आग्रह गरे ।

khadya

प्रदेश प्रमुख देवकोटासँगै उहाँकी धर्मपत्नी एवम् उद्यमी रुक्मणि देवकोटा पनि सहभागी हुनुहुन्थ्यो । धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले प्रदेश प्रमुखलाई मेला अवलोकन गराए ।

एक महिनासम्म सञ्चालन हुने स्वरोजगार मेलामा एक हजार ४० जनाले सीप सिकीरहेका छन् । २९ विधामा सीप सिकाइको काम भइरहेको रानाले बताए ।धनगढीमा जारी सीप तथा स्वरोजगार मेलाको विभिन्न ब्यक्तिहरुले अवलोकन गर्ने क्रम दिन प्रतिदिन बढ्दै गएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार