सुनीता र बुचसहित चार अन्तरिक्षयात्री पृथ्वीमा फर्किए

धनगढी : बोइङको स्टारलाइनर अन्तरिक्षयानको परीक्षण उडानका क्रममा अन्तरिक्षमा पुगेका सुनीता विलियम्स र बुच विलमोचर अन्य दुई यात्रीसँगै पृथ्वीमा फर्किएका छन्।

उनीहरू ८ दिनका लागि अन्तरिक्षमा गएकोमा यानमा प्राविधिक खराबी देखिएपछि लामो समय अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमै रोकिनुपरेको थियो।
यी वरिष्ठ अन्तरिक्षयात्रीद्वय नासाकै अर्का सहयात्री निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जेन्डर गोर्बुनोभसँगै फ्लोरिडाको तालहासी नजिकै समुन्द्रमा ओर्लिएका हुन्। उनीहरू मंगलबार साँझ ५ बजेर ५७ मिनेट (नेपाली समयअनुसार बुधबार बिहान ४ः ४२ बजे) पृथ्वीमा आइपुगेको नासाले जनाएको छ। उनीहरूको पृथ्वीमा अवतरण र अन्तरिक्षयानबाट बाहिर आउँदै गरेको क्षणको नासाले प्रत्यक्ष प्रसारण गरेको थियो।

Galaxy

सुनीता र बुचको अनपेक्षित लामो अन्तरिक्ष बसाइँका कारण विश्वभरका मानिसहरूमा चासो बढेको थियो। विशेष गरी उनीहरूको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरिएको थियो। स्पेस एक्स ड्रागन क्याप्सुलमार्फत उनीहरू सुरक्षित रूपमा घर फर्किएको नासाले जनाएको छ।

बुच र सुनीता हात हल्लाउँदै मुस्कुराउँदै स्पेसएक्स ड्रागनबाट बाहिर निस्कएको बीबीसीको लाइभ रिपोर्टिङमा उल्लेख छ। उनीहरूको अन्तरिक्षयान फ्लोरिडाको समुद्रमा अवतरण गर्दा उत्सुक डल्फिनहरूले त्यसलाई घेरेका थिए।

उनीहरूको आगमनसँगै नासा र स्पेस एक्सले पत्रकार सम्मेलन पनि गरेको थियो। अन्तरिक्षयात्रीहरू भने सम्मेलनमा उपस्थित भएनन्। नासाका अनुसार उनीहरूलाई पृथ्वीको गुरुत्वाकर्षणमा पुनः अभ्यस्त हुन केही समय लाग्नेछ । परिवारसँग भेट गर्नुअघि उनीहरूको स्वास्थ्य परीक्षण हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार