धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघ प्यानलसहित विजयी

धनगढी : धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा नेविसंघ प्यानलसहित विजयी भएको छ।

मङ्गलवार भएको स्ववियु निर्वाचनबाट नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघका दीपकराज भट्ट प्यानलसहित विजयी भएका हुन। नेविसंघले सभापतिसहितका पदमा क्लीन स्वीप गरेको हो। प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका दिपेन्द्र भट्ट (दिपिन) लाई पराजीत गर्दै उनी विजयी भएका हुन्। नेविसंघका दिपकले ५३३ र उनका प्रतिद्वन्द्वी दिपेन्द्रले ४२५ मत प्राप्त गरेका छन्। माओवादी केन्द्र निकट क्रान्तिकारीका विकास बिष्टले ४०२ मत पाएका छन्।

Seti Hospital

सचिवमा नेविसंघका देबेन्द्र बोहरा(डेभिड) र कोषाध्यक्षमा सञ्जिताकुमारी चौधरी विजयी भएका छन्।

यसअघि ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिसहितका पदमा एमाले सम्बद्ध अनेरास्ववियुुले प्यानलसहित जितेको थियो। तर, यो पटक भने नेविसंघले क्लीन स्वीप गर्दै अनेरास्ववियुुको बिरासत भत्काएको छ। नेविसंघले ऐश्वर्य बहुुमुखी क्याम्पसको नतिजालाई ऐतिहासिक भनेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार