कैलाली जिल्ला प्रशासनले राष्ट्रिय परिचयपत्र बाड्न १३ वटै पालिकामा टोली खटायो

धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले राष्ट्रिय परिचयपत्र वितरण गर्न १३ वटै स्थानीय तहमा कर्मचारी परिचालन गरेको छ।

राष्ट्रिय परिचयपत्रका लागि आवेदन फारम भरेका नागरिकलाई वितरण गर्ने सबै पालिकामा टोली खटाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए। जोशीकाअनुसार परिचयपत्र लिएर स्थानीय तहमा पुगेका कर्मचारीले भोलि बुधबारदेखि वितरणको काम गर्नेछ।

सर्वसाधारणले स्थानीय तहको कार्यालय तथा पालिकाले व्यवस्थापन गरेको ठाउँमा पुगेर परिचयपत्र प्राप्त गर्नेछन्। केही दिनसम्म परिचयपत्र वितरणको काम गरिनेछ। सो अवधिमा परिचयपत्र नबुझ्नेको कार्ड जिल्ला प्रशासन कार्यालयमै राखिनेछ। त्यसपछि सम्बन्धित व्यक्तिले प्रशासन कार्यालयमै पुगेर परिचयपत्र लिनुपर्नेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार