कैलालीमा चैते धानको रोपाइँ

धनगढी : कैलालीमा चैते धान रोपाइँ सुरु भएको छ। जिल्लाको भजनी नगरपालिका लगायतको क्षेत्रमा किसानले चैते धान रोपाइँ गर्न थालेका हुन्।

कैलालीमा भजनी नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका, घोडाघोडी नगरपालिकामा किसानले चैते धाने खेती गर्ने गरेका छन्। सबैभन्दा बढी भजनी नगरपालिकामा चैते धान खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ।

khadya

भजनी नगरपालिका जिल्लामा सबैभन्दा बढी डुबान प्रभावित पालिका हो। बर्खे धान खेती नगर्ने यो पालिकाका किसानले वैकल्पिक खेतीको रुपमा चैते धान खेती गर्ने गरेका छन्। तोरी भित्र्याइ सकेको खेतमा किसानले चैते धान रोपाइँ गर्न थालेको भजनी नगरपालिका–५ लालबोझीका कृषक खोजराम चौधरीले बताउनुभयो। उहाँका अनुसार मसुर काट्न बाँकी रहेको खेतमा भने रोपाइँ बाँकी रहेको छ।

गतवर्ष कैलालीमा करिब एक हजार एक सय हेक्टर जमिनमा चैते धान खेती गरिएको थियो। यसवर्ष केही क्षेत्रफल चैते धान खेती बढ्ने कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत राम नारायण चौधरीले बताउनुभयो। चैते धान खेतीतर्फ किसानको आकर्षण बढाउनका लागि कृषि ज्ञान केन्द्रले सम्झौता गरेर अनुदान दिने गरेको छ।

छनोटमा परेका कृषकलाई बीउबिजन वा आवश्यकतानुसार कृषि उपकरण खरिदका लागि प्रति कट्ठा दुई हजारको दरले अनुदान दिइने गरेको जनाइएको छ। त्यति नै रकम कृषकले पनि लगानी गर्नु पर्दछ। चालु आर्थिक वर्षमा चैते धान खेतीमा अनुदानका लागि आठ लाख रुपियाँ बजेट कृषि ज्ञान केन्द्रमा रहेको छ।

गतवर्ष कैलालीमा करिब एक हजार एक सय हेक्टर जमिनमा चैते धान खेती गर्दा पाँच हजार ७२० मेट्रिकटन धान उत्पादन भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार