धनगढी : धनगढीको सिप तथा रोजगार मेलाबाट तालिम लिएकाहरूलाई नवजीवन सहकारीले बिना धितो ऋण दिने भएको छ।
धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सिप मेलाबाट तालिम लिएकाहरूलाई नवजीवन सहकारी संस्थाले बिना धितो ऋण दिने भएको हो।
नवजीवन सहकारी संस्थाका अध्यक्ष देबबहादुर बमसहितको टोलीले तालिम लिदै गरेकाहरूसँग व्यवसाय गर्न नवजीवनले ऋण सहयोग गर्ने बताएको छ। नवजीवन सहकारी संस्थाले समूहमा ऋण लिनेहरूका लागि धितो आवश्यक नपर्ने बताएको हो। तर, व्यक्तिगत रुपमा ऋण लिनेहरूका लागि भने धितो आवश्यक पर्ने सहकारीले बताएको छ।
नवजीवन सहकारी संस्था लिमिटेड, धनगढीका अध्यक्ष देबबहादुर बमले सिप तथा मेलामा तालिम लिदै गरेकाहरूसँग बिना धितो ऋण दिन सकिने बताएका हुन्। धनगढी उपमहानगरपालिका क्षेत्रका प्रशिक्षार्थिहरूलाई एक समूह बनाउने र कर्मचारी नै मेलामा पठाइर ऋणको प्रक्रिया सुरु गर्ने बताएका छन्। उनले भने, ‘तपाइहरूलाई ऋण चाहिने हो। अहिले सिप सिकीरहनु भएको छ। स्वरोजगार कसरी बन्ने ? व्यवसायमा कसरी जाने ? ६ प्रति फोटो ल्याउनुस्। नागरिकताको प्रतिलिपि ल्याउनुस्। एक हजार तीन सय ल्याउनुस्। कर्मचारी हामी पठाउछौ। यही फारम भरिदिनुहुन्छ। भएपछि पाँच हजार तीन सय ल्याउनुस्। छैन भने, महिनाको एक–एक हजार तिर्न सकिन्छ। महिला उद्यमको लाछि छुट्टै सेवा छ। उहाँहरूले काम गर्नुहुन्छ। पाँच लाख ऋणका लागि सेयर लिनुपदैन।’ धनगढीको नवजीवन सहकारीमा ३८ दशमलव ९ प्रतिशत महिलाहरु छन्। महिलाहरूले समूहगत रूपमा ५० हजारदेखि माथि ऋण सेवा लिन सक्ने सहकारीले बताएको छ।
नवजीवन सहकारी संस्था २०४८ सालको माघमा १४ जनाले कचत कोषको रूपमा स्थापना गरेका थिए। एक लाख ३० हजार पुँजीबाट नवजीवन २०५० साल वैशाख १५ गते सहकारी ऐन, २०४८ अनुसार दर्ता भएको हो। २०५० साल मङ्सिर ३० गतेबाट कारोबार सुरु गरेको नवजीवन सहकारीका ३३ हजार बढी शेयर सदस्यहरू छन्। सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गरेर १० वटा शाखा तथा सेवाकेन्द्रहरू छन्। सहकारीले चार सय ३७ करोड निक्षेप सङ्कलन गरेको छ भने, चार सय चार करोड बढी कर्जा लगानी गरेको छ।
वजीवन सहकारी संस्था, धनगढीका अध्यक्ष बमले किसानहरूबाट धान खरिद गर्ने र चामल उत्पादन गरेर बिक्रीको काम पनि सुरु गरेको बताएका छन्।
प्रतिक्रिया दनुहोस्