चन्द्रागिरिमा आत्मदाह प्रयास, बर्न अस्पताल पुर्‍याइयो !

काठमाडौं : चन्द्रागिरिमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । उनलाई तत्काल उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको छ ।

गत राति करिब १२ः३० बजे स्थानीय उत्तम कार्कीले फेसबुक लाइभ गर्दै आफ्नै शरीरमा आगो लगाएका थिए । घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर तत्कालै उनलाई उद्धार गर्यो ।

khadya

काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिल बोहराका अनुसार कार्कीको हात र अनुहार जलेको छ, तर उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

फेसबुक लाइभमा उनले मानसिक तनाव भोग्नुपरेको, स्थानीय एक युवतीका कारण हिरासत बस्नुपरेको, पारिवारिक सम्बन्ध विथोलिएको र आफ्ना कान नसुन्ने बुवा तथा आँखा नदेख्ने आमाले दुःख पाएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए । उनले आफू पहिल्यै अभद्र व्यवहारको आरोपमा १८ दिन हिरासतमा बसेको उल्लेख गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार