एक्सिस विद्याश्रम माध्यमिक विद्यालयको प्यानल डिस्कसन कार्यक्रम सम्पन्न

धनगढी : धनगढीमा रहेको एक्सिस विद्याश्रम माध्यमिक विद्यालयको प्यानल डिस्कसन कार्यक्रम सम्पन्न भएको छ।

एक्सिस विद्याश्रम माध्यमिक विद्यालयद्वारा आयोजित ‘उनको आवाज, उनको शक्तिले भोलिलाई सँगै आकार दिनेछ’ भन्ने मुल नाराका साथ प्यानल डिस्कसन कार्यक्रम मंगलवार भव्यताका साथ सम्पन्न भएको हो। यस कार्यक्रममा राजनीति, शिक्षादेखि वित्त र उद्यमशीलतासम्मका प्यानलिस्टहरूको विविधताले विद्यार्थीहरूलाई नेतृत्व र सफलताको बारेमा बुझ्ने मौका पाएका छन्।

khadya

विद्यार्थीहरूलाई समाजमा अग्रणी भूमिका खेल्ने प्रेरणादायी महिलाहरूसँग अन्तक्र्रिया गर्ने अवसर प्रदान गर्न प्यानल छलफलको आयोजना गरेको विद्यालयले जनाएको छ। धनगढी उपमहानगरपालिकाकी पूर्व उपमेयर तथा राजनीतिज्ञ सुशीला मिश्रा भट्ट, भक्तपुर क्याम्पसकी समाजशास्त्रकी सहप्राध्यापक तथा शिक्षिका पुनम पन्त, एनएमबी बैंककी महिला बैंकर तथा धनगढीकी शाखा प्रबन्धक नन्द भण्डारी र फेसन तथा कपडा उद्योगकी उदीयमान उद्यमी पुनम खड्का कार्यक्रममा प्यानलका सदस्य रहेका थिए।

कार्यक्रमको सहजकर्ताका रूपमा विद्यार्थीहरू अपेक्षा सावद, पूर्णिमा भट्ट, आरोही शाह र जानकी भट्ट थिए। प्यानल छलफलको क्रममा, विद्यार्थीहरूले सफल महिलाहरूको प्रेरणादायी कथा र सफलताको सिँढी चढ्न आवश्यक पर्ने संघर्ष, चुनौती, कडा परिश्रम र समाज र पारिवारिक सहयोगको भूमिकाको बारेमा खुला कुराकानी गरेका थिए। कार्यक्रमले विद्यार्थीहरूलाई राजनीति, शिक्षा, वित्त र उद्यमशीलतामा नेतृत्वदायी पदहरू कसरी प्राप्त गर्ने भन्ने बारेमा बहुमूल्य अन्तर्दृष्टि प्रदान गरेको विद्यालयले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार