धनगढीः धनगढीमा लागू औषधसहित एक जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–१० जुगेडाबाट सोही ठाउँ बस्ने ४० वर्षीय बलराम राना लागूऔषधसहित पक्राउ परेका हुन्। रानालाई १ ग्राम १४० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दनुहोस्