लागुऔषध सहित अत्तरियाबाट ३ जना पक्राउ

कैलाली : कैलालीको अत्तरियाबाट लागुऔषध ३ जना पक्राउ परेका छन । अत्तरियास्थित बसपार्कनजिक रहेको एक होटलबाट प्रहरीले २ महिला र १ पुरुषलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दार्चुलाको शैल्यशिखर नगरपालिका– २ का अन्दाजी २१ वर्षिय सागर ठगुन्ना, बझाङ घर भई हाल गोदावरी– २ बस्ने अन्दाजी ३५ वर्षिय अनु मल्ल र बाँके घर भई सोही वडामा बस्ने अन्दाजी २५ वर्षिय ट्विङकल शाह रहेको ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाले जनाएको छ ।

khadya

कार्यालयको अपराध अनुसन्धान शाखाबाट खटि गएको प्रहरी टोलीले उनिहरु बसिरहेको होटलको कोठामा चेकजाँच गर्दा ठगुन्नाको साथबाट र कोठाको खाटमुनिबाट गरी १ ग्राम ४६० मिलिग्राम लागुऔषध फेला परेको बताईएको छ ।

पक्राउ परेका तिनै जना माथी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार