स्ववियु निर्वाचनमा भाग लिन २२ संघ/संगठनले दर्ता गरे नाम

काठमाडौं । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भाग लिन २२ वटा विद्यार्थी संघ संगठनले नाम दर्ता गराएका छन् ।

स्ववियु चुनावमा भाग लिन चाहने २२ वटा संघ/संगठनले नाम दर्ता गरेको त्रिवि क्याम्पस प्रमुख अक्कलदेव मिश्रले जानकारी दिए ।

दर्ता गरेका नाममध्येबाट छानबिन गरेर यथाशिघ्र नामावली प्रकाशन गरिने स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत प्रा.डा. कृष्णप्रसाद न्यौपानेले जानकारी दिए ।

२०७९ चैतमा भएको निर्वाचनमा १९ विद्यार्थी संघसंगठनले भाग लिएका थिए ।

निर्वाचनमा सहभागी हुन सम्बन्धित क्याम्पसमा पनि विद्यार्थी संगठन/समूह दर्ता हुनुपर्ने व्यवस्था छ । देशका केही क्याम्पसमा प्रमुख विद्यार्थी संगठनहरूले अध्यक्षसहितका उम्मेदवारको नामावली घोषणा गर्न थालिसकेका छन् ।

निर्वाचनका लागि त्रिविले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०८१ जारी गरिसकेको छ । २०७९ चैतमा भएको स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको २ वर्ष कार्यकाल सकिन लाग्दा त्रिवि कार्यकारी परिषद्ले निर्वाचनको तयारी गरेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार