सुदूरपश्चिम प्रदेश स्तरीय नमुना युवा संसद अभ्यास कार्यक्रम २०८१ सम्पन्न

धनगढी / सुदूरपश्चिम प्रदेश स्तरीय नमुना युवा संसद छनौट तथा अभ्यास कार्यक्रम २०८१ सम्पन्न गरिएको छ । फागुन १५ गतेबाट धनगढीमा सञ्चालन गरिएको कार्यक्रम आज नमुना संसदीय अभ्यास गरेर समापन गरिएको हो।

फागुन १५ गते युवा परिषद् सुदूरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुवँरको अध्यक्षतामा कार्यक्रम उद्घाटन गरिएको थियो । १५ गते नै नमुना संसदीय अभ्यास बारे प्रशिक्षक प्रकाश उपाध्यायले सहभागिलाई केहीँ आधारभूत प्रशिक्षण गराउनु भएको थियो ।

फागुन १६ गते सरकारले ल्याउने नीति तथा कार्यक्रम प्रस्तुत र पारित गर्ने तरिका , नयाँ विधेयक ल्याउने कुराको प्रशिक्षणलाई नै निरन्तरता दिइएको थियो । १७ गते नमुना संसदीय अभ्यासलाई प्रस्तुत गरिएको थियो।

यसै गरी कार्यक्रमको अन्तिम दिन अर्थात् फागुन १८ गते नमुना संसदीय अभ्यास गरेर कार्यक्रम समापन गरिएको हो। समापन कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको प्रमुख आतिथ्यता रहेको थियो।

सुदूरपश्चिमका ९ वटै जिल्लाका ४० जना युवायुवतीको सहभागीतामा कार्यक्रम सम्पन्न गरिएको हो । सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरि बिदाई गरिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुवँरले बताए।

युवाहरुको नेतृत्व विकासमा टेवा पुगाउने उद्देश्यले सामाजिक मन्त्रालयको आर्थिक सहयोगमा कार्यक्रम विगत ५ बर्ष यता गरिदै आएको समेत कार्यकारी उपाध्यक्ष कुवँरले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार