धनगढी : धनगढीको फाप्लामा जारी एसपिए कैलाली प्रिमियम लिग – ३ को नवौँ खेलमा डडेल्धुराको परशुराम नगरपालिका विरुद्ध कैलालीको लम्की नगरपालिकाले सहज जित निकालेको छ । समूह डी अन्तर्गत प्रतियोगितामा पहिलो खेल खेलको लम्कीले परशुरामलाई ११ रनले पराजित ग-यो ।
लगातार दोस्रो खेलमा पराजय व्यहोरेको परशुराम प्रतियोगिताबाट बाहिरिएको छ । समूह डी कै अघिल्लो खेलमा शुक्लाफाँटा नगरपालिका विजयी भएको थियो । अब लम्की र शुक्लाफाँटा बिच खेलिने खेलको विजेता टोली सेमिफाइनल प्रवेश गर्नेछ ।
प्रतियोगितामा १२ टिम सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख, सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, वेस्ट बलर र ब्याटरले जनही १५/१५ हजार, उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्