ओडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरण : ३०१ विद्यार्थी फर्किए नेपाल

विराटनगर : भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयबाट ३०१ नेपाली विद्यार्थी स्वदेश फर्किएका छन्। उनीहरू झापाको काँकडभिट्टा, भैरहवा, विराटनगर, र वीरगन्ज नाकाबाट नेपाल प्रवेश गरेका हुन्।

नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युपछि विश्वविद्यालयमा उत्पन्न असहज परिस्थितिका कारण विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीलाई निष्कासन गरेको थियो। घटनापछि विश्वविद्यालय प्रशासनले करिब ८ सय नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालेर बसपार्क र रेल्वे स्टेसनमा अलपत्र छाडेको थियो ।

khadya

विद्यार्थीहरूका अनुसार साथीको शंकास्पद मृत्युपछि न्यायको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीमाथि विश्वविद्यालय प्रशासनले ‘बाउन्सर’ प्रयोग गरी आक्रमण गरेको थियो ।  धेरै विद्यार्थीहरू आर्थिक अभाव र असुरक्षाका कारण कठिन यात्रा गर्दै स्वदेश फर्कन बाध्य भएका हुन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार