तार्केश्वर पतञ्जलि योग केन्द्रले जग्गादाता भण्डारीलाई गर्‍यो सम्मान

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर-४ बसपार्कको पतञ्जलि योग केन्द्रले जग्गादातालाई सम्मान गरेको छ।

योग केन्द्रको दोस्रो वार्षिकोत्सवको अवसरमा जग्गादाता सरिता भण्डारीलाई सम्मान गरेको हो। शनिवार एक समारोहमा योग केन्द्रलाई जग्गा दान गर्ने भण्डारीलाई पतञ्जलि योग नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्रले दोसल्ला ओडाएर सम्मान गरेका हुन्।

Seti Hospital

योग केन्द्र र शिव मन्दिर निर्माण गर्न भण्डारीले एक कट्ठा तीन धुर जग्गा प्रदान गरेकी हुन्। कार्यक्रममा प्रदेश प्रभारी काशीनाथ भट्ट, जिल्ला अध्यक्ष श्याम श्रेष्ठ, नगर अध्यक्ष कुलराज जोशी, आजीवन सदस्यहरू र योग साधकहरूको उपस्थिति रहेको थियो। वार्षिकोत्सवमा योग साधना र हवनसमेत गरिएको थियो। 

वार्षिकोत्सवले योग गर्ने प्रेरणा दिएको केन्द्रीय प्रभारी मिश्रले बताए। उनले शरीरलाई चलाएर तथा मनलाई चञ्चल हुन नदिए मानिस स्वस्थ्य रहने बताए। कार्यक्रमका अध्यक्ष तिलक खतिवडाको अध्यक्षतामा भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार