पत्रकार सिंहमाथि आक्रमणको छानबिन गर्न समिति गठन

धनगढी : नेपाल प्रेस युनियन सुदूरपश्चिमले नेपाल पत्रकार महासंघ बझाङका दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित ललितबहादुर सिंहमाथि भएको आक्रमणको छानबिनका लागि अध्ययन समिति गठन गरेको छ । 

प्रेस युनियनको सुदूरपश्चिम प्रदेश कार्यसमितिले बिहीबार महासचिव हरिश भट्टको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो । समितिमा प्रेस युनियन डडेल्धुराका पूर्व अध्यक्ष धनबहादुर भण्डारी र बझाङका अध्यक्ष अशोक खड्का सदस्य रहेका छन् । 

khadya

अध्ययन टोलीलाई बझाङमा प्रेस युनियनका नेताहरू तथा सरोकारवाला सबै पक्षहरूसँग समन्वय र छलफल गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश प्रदान गरिएको छ । 

माघ २८ गते राती पत्रकार सिंहमाथि आक्रमण भएको थियो । आक्रमणकारीले प्रहार चक्कु लागेर उनको निधारमा गहिरो चोट लागेको थियो । घटनामा संलग्न तीन जनालाई बझाङ प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार