कैलालीमा महिला सामुदायिक वन पुरुषले चलाउँदै !

धनगढी : कैलालीमा महिलाले नेतृत्वसहित संरक्षण, व्यवस्थापन गर्ने गरी दर्ता भएका कतिपय महिला सामुदायिक वनलाई पुरुषले चलाइरहेका छन् । महिला नेतृत्व पछाडि हटेपछि उपभोक्ता समितिको नेतृत्व पुरुषले गर्न थालेका हुन् ।

सामुदायिक वनको अवधारणा आएपछि सामुदायिक वनमा महिला नेतृत्व र सहभागिता बढाउनका लागि महिला सामुदायिक वन बनाउने कार्य भएको थियो । यहाँ थुप्रै महिला सामुदायिक वन छन् तर त्यसको नेतृत्व महिलाले नभई पुरुषले गरिरहेका छन् ।

khadya

जिल्लाको भजनी नगरपालिका–३, काँढामा रहेको मैथुनियाँ महिला सामुदायिक वन डुबनारायण महतोको हातमा छ । त्यस्तै वडा नम्बर ९ खुरहुरियामा रहेको हरियाली महिला सामुदायिक वनको नेतृत्व श्रीपाल चौधरीले गरिरहेका छन् ।

कुँडीस्थित जमुनी महिला सामुदायिक वन उपभोक्ता समितिको नेतृत्व स्थानीय बुधराम चौधरीले गरिरहेका छन्  । जिल्लामा कतिपय सामुदायिक वन नाम मात्रका महिला सामुदायिक वन रहेको सामुदायिक वन समन्वय समिति भजनीका अध्यक्ष खोजराम चौधरीले बताए । उनले विभिन्न कारणले नेतृत्व तहबाट महिला पछाडि हटेपछि सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुरुष बनेको उल्लेख गरे ।

केही सामुदायिक वनमा महिला नेतृत्व निष्क्रिय भएपछि पुरुष अगाडि बढेको बताउँदै उनले भने , “कतिपय सामुदायिक वनका अध्यक्ष चन्दा वा धम्की जस्ता आतङ्कका कारण डराएर नेतृत्व त्यागेका छन् । सामुदायिक वनमा सानो बहाना भेट्टाउनेबित्तिकै दलका कार्यकर्तादेखि लिएर मिडियाका व्यक्तिले समेत डर धम्की दिएर रकम माग्ने गर्छन् । अति नै भएपछि केही महिलाले डराएर नेतृत्व छाडेपछि अहिले पुरुषले चलाइरहेका छन् ।” खास गरेर जिल्लाको भजनी क्षेत्रमा रहेका सामुदायिक वनले चन्दा आतङ्क बढी झेलिरहेको अध्यक्ष चौधरीले बताए ।

हरियाली महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष श्रीपाल चौधरीले महिलाले उपभोक्ता समिति चलाउन नसकेका कारण पुरुष अध्यक्ष बन्न थालेको बताए । चौधरीले कान्द्रा नदीको बगरमा रहेको हरियाली महिला सामुदायिक वन फस्टाउन नसकेको बताउनुभयो । वन व्यवस्थित हुन नसकेका कारण उपभोक्ताले दाउरा पनि अन्तैबाट ल्याउनुपर्ने बाध्यता रहेको उहाँले उल्लेख गरे ।

कानुनले सामुदायिक वन महिला वा पुरुषको मात्रै छुट्टै रहने व्यवस्था गरेको छैन । कानुनले केवल सामुदायिक वन भनेर मात्रै व्यवस्था गरेको छ तर वनमा महिला सहभागिता बढाउने क्रममा महिलाका नाममा सामुदायिक वन बनाउने चलन चलेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिमका सूचना अधिकारी भोजराज पाठकले बताए ।

उनका अनुसार महिलाका नाममा बनेका सामुदायिक वनको नेतृत्व र संरक्षण व्यावहारिक रूपमा महिलाले नै गर्नुपर्ने हो तर कतिपय त्यस्ता वनको नेतृत्व पुरुषले गरिरहेका छन् । यद्यपि यो कार्य कानुनविपरीत भने होइन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार