कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहा, धनगढी उपमहानगरपालिका–१९ खेदाघाट, टीकापुर नगरपालिका–४ अस्नेहरी, भजनी नगरपालिका–६ काँडा, कैलारी गाउँपालिका–५ गोबरेला र जानकी गाउँपालिका–४ झूलंगे पुलबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ६४ हजार ७९५ बराबरको सामन बरामद गरिएको हो।

प्याज, चिनी, बदाम, सोडा, खानेतेल, अगरबत्ती, बिडी, सुर्ती, टेन्ट, प्लाष्टिक झिल्ली, औंठीमा लगाउने पत्थर, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार