कैलालीको गौरीगंगामा रहेको कैलाली भिजनको २०औं बार्षिकोत्सब सम्पन्न

कैलाली : कैलालीको गौरीगंगा – ६ मा रहेको कैलाली भिजन बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न भएको छ । मंगलबार एक औपचारीक कार्यक्रमका बिच स्कुलको २०औ वार्षिकोत्सव सम्पन्न भएको हो ।

कैलाली भिजन बोर्डिङ स्कुलका संस्थापक एवं प्रधानाध्यापक ध्वजबहादुर बोगटीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिका – ६ का वडा अध्यक्ष टेकबहादुर कुवँर रहेका थिए भने विशिष्ठ अतिथिमा डेउडा प्रतिष्ठानका केन्द्रीय समिति अध्यक्ष सुरत रावत डोटेली कान्छा रहेका थिए ।

Seti Hospital

बार्षिकोत्सवको अवसरमा हाजिरी जवाफ प्रतियोगिता, खेलकुद, गायन, नाटक, नृत्य लगायतका विविध कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा वि.सं. २०८० सालको नगर स्तरीय आधारभूत तह कक्षा ८ को परिक्षामा प्रथम स्थानका साथ उतिर्ण प्रकाश ओलीलाई प्रमाणपत्र र नगद सहित पुरस्कृत गरिएको थियो । विद्यालयमा अध्ययन गरेका पुर्वविद्यार्थीहरुलाई पनि कार्यक्रममा सम्मानित गरिएको थियो ।

विद्यालयबाट उत्कृष्ट अंकका साथ पास हुने विद्यार्थीहरुलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको विद्यालयका संस्थापक पुर्ण बमले बताए । विद्यालयकी शिक्षिका पशुपति बमले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक ललित बहादुर कार्कीले गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार