लागूऔषधसहित धनगढीबाट एक युवक र युवती पक्राउ

धनगढी : कैलालीको धनगढीबाट एक युवक र युवती लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ राष्ट्रिय वाणिज्य बैंक नजिकबाट सोही ठाउँ बस्ने ३६ वर्षीया सुर्जा नाथ ३ ग्राम ९१० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित पक्राउ परेकी हुन्। नाथलाई मंगलवार वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी धनगढी उपमहानगरपालिका–३ बोराडाँडीबाटै कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ बस्ने ३३ वर्षीय भरत नाथ पक्राउ परेका हुन्। भरतलाई १ ग्राम ३० मिलिग्राम खैरो हेरोइनसहित वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। 

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार